Logo ३१ बैशाख २०८३, बिहिबार | Thu May 14 2026


बाढीले राष्ट्रिय निकुञ्जका ‘६ ओटा गैंडा र हरिणहरु भारतीय जंगलमा पुगे’


0
Shares

अविरल वर्षापछि शनिबार राष्ट्रिय निकुञ्जबाट अत्तालिँदै बाहिर निस्केका गैंडा र हरिणहरु नारायणी नदीमा बगेका थिए ।

जसमध्ये एउटा गैंडा र ७ ओटा हरिण मृत अवस्थामा नवलपरासीको त्रिवेणीस्थित गन्डक ब्यारेजका विभिन्न ठोकरहरुमा फेलापरेको जिल्ला वन अधिकृत विजयराज सुवेदीले जानकारी दिए ।

शनिबारदेखि मंगलबार दिउँसोसम्म करिब २०० भन्दाबढी हरिणहरु बगेर भारत पुगेको अनुमान गरिएको सुवेदीले बताए ।

‘नदीमा केही जिउँदै र केही मरेर बगेको देखियो’–सुवेदीले भने–‘मरेर नदी किनारमा तैरिएको अवस्थामा रहेका हरिणजातका ३ चित्तल, ४ रतुवा र १ गैंडा फेलापरेको छ ।’

नदीमा बग्दै गएका ६ ओटा जीवित गैंडा भने त्रिवेणी ब्यारेजको पारीपट्टि रहेको भारतीय भू–भाग बाल्मीकि नगरस्थित नेसनलपार्कको जंगलमा पुगेको जिल्ला वन अधिकृत सुवेदीले बताए ।