हेटौंडा उपमहानगरपालिका–११ स्थित थानाभर्याङमा रहेको आपत्कालीन कार्यसन्चालन कक्षमा भन्डारण गरिएका त्रिपालहरु मंगलबार बाढी प्रभावित जिल्लाहरुमा पठाइएको हो ।
मध्यमाञ्चल क्षेत्रीय प्रशासन कार्यालय हेटौंडाका प्रवक्ता गुणराज न्यौपानेले बाढीले विस्थापित भएका सर्लाही, रौतहट, बारा, बर्दिया र रसुवा जिल्लाका बाढीपीडितहरुलाई त्रिपाल राहतकारुपमा पठाइएको जानकारी दिए ।
रौतहटमा २० हजार थान, सर्लाहीमा ६ हजार, बारामा ३ हजार, बर्दियामा ३५ सय र रसुवामा एक हजारथान त्रिपाल पठाइएको उपमहानगरपालिकाले जनाएको छ ।
उक्त जिल्लाहरुका प्रमुख जिल्ला अधिकारीमार्फत् जिल्ला दैवी प्रकोप समितिले विस्तापित बाढीपीडितहरुलाई उक्त त्रिपालहरु वितरण गरिने जनाइएको छ ।










प्रतिक्रिया दिनुहोस्