२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


विराटनगरमा ऐतिहासिक राधाकृष्ण रथयात्रा निकालियो


0
Shares

राधाकृष्ण रथयात्रा सुरु गरिएको ५०औं वर्षगाँठको अवसरमा निकालिएको रथयात्रालाई स्वर्णजयन्ती रथयात्राकोरुपमासमेत लिइएको छ ।

विराटनगर, तीनपैनीस्थित राधाकृष्ण मन्दिरबाट प्रत्येक वर्ष श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट रथयात्रा निकाल्ने परम्परा रहेको छ ।

राधाकृष्ण युगलजोडीको रथयात्रा विराटनगर, पानीट्यांकीचोकमा रहेको मन्दिर परिसरबाट विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले विषेश पूजापाठ गरेपछि सुरु भएको थियो ।

राधाकृष्ण युगलजोडीको रथयात्रा तीनपैनीचोक, जलजलाचोक, ट्राफिकचोक महेन्द्रचोक हुँदै पुनः सोही सडकबाट फर्काइएको थियो ।

निरन्तरको वर्षाका कारण सडकहरु क्षतविक्षत भएपछि रथयत्राको रुट परिवर्तन गरिएको थियो ।

दुई दिनसम्म परेको पानीले बितन्डा मच्चाउँदा सयौं परिवार विस्थापित भएको भन्दै आयोजक समितिले भन्डाराका लागि तयारी अवस्थामा राखेको खाद्यान्न सामग्री बाढीपीडितलाई राहतस्वरुप उपलब्ध गराउने निर्णय गरेको छ ।

रथयात्राको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने भनिएकोमा बाढीका कारण रद्ध गर्नुपरेको आयोजकले बताएको छ ।