Logo ३१ बैशाख २०८३, बिहिबार | Thu May 14 2026


भेटिएको पाँचलाख सम्बन्धित व्यक्तिलाई फिर्ता


0
Shares

तर, ललितपुरको भैँसेपाटी बस्ने सुजन लामाले हराएको रु पाँचलाख केही घण्टामा फेला पारेपछि खुशीले गद्गद् भए । लामाले नयाँ सडकको रन्जना ट्रेडर्समा रहेको साथी प्रवीन लामाको पसलबाट पैसा लिएर टेकुतर्फ जाँदै गर्दा मोटरसाइकलमा राखेको रकम हरायो ।

लामा बाटोमा पुगेर पैसा हेर्दा नभेटेपछि तत्काल रन्जना टेडर्सको साथीलाई फोन गरे । रन्जना टेडर्सको साथीले तत्काल महानगरीय प्रहरी वृत्त जनसेवा नयाँ सडकलाई खबर गरे ।

सोही समयमा बाटोमा हिँड्दै गरेको अवस्थामा काठमाडौं महानगरपालिका–२१ जैसीदेवलमा रहेको ‘ह्युमट’ महिला समूह (मिसाःपूच)ले रु चारलाख फेला पा¥यो । फेला पारेको रकम लिएर महिला समूह जनसेवा आइपगे ।

जनसेवामा आइपुगेको महिला टोलीले प्रहरी नायब उपरीक्षक सन्तोष आचार्यलाई भेटेर पैसा पाएको खबर गरेपछि लामालाई जनसेवा बोलाएर सिसिटिभी र फुटेजका आधारमा अनुसन्धान गरी उक्त पैसा लामाकै भएको ठहर भएपछि फिर्ता गरियो ।

वृत्तका प्रमुख आचार्य पाउने व्यक्ति र हराउने व्यक्ति दुवैको फोन आएकाले तत्काल सम्बन्धित व्यक्तिलाई पैसा फिर्ता गर्न सकिएको बताउँछन् ।

यस्तै, हराएको रकममध्ये रु एकलाख महानगरीय ट्राफिक प्रहरी महाशाखाको टोलीले फेला पारेको छ । पैसा लिएर हिँड्दै गर्दा छिरलिएको पैसा काममा खटिएका ट्राफिक जवानले फेला पारेका थिए ।

जवानले फेला पारेको रकम महाशाखाको माध्यमबाट लामालाई हस्तान्तरण गरिएको महाशाखाका प्रमुख सर्वेन्द्र खनालले जानकारी दिए । रासस