
-सागर महत/ईमेज
अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्कस्थित खाँचीकोटमा रहेको सुपा देउराली मन्दिरमा संकलित भेटीबाट दुईवटा विद्यालय सञ्चालन भइरहेको छ ।
धार्मिक पर्यटकको रोजाइमा रहेको यो मन्दिरबाट संकलित रकमलाई सामाजिक कार्यमा खर्च गरिएको छ ।
हाम्रो देशमा धार्मिक महत्वका स्थानहरु रहेकाले धार्मिक पर्यटकको संख्या धेरै नै छ ।
सन्धिखर्क नगरपालिकाको खाँचीकोटमा रहेको धार्मिक तथा ऐतिहासिक महत्व बोकेको सुपा देउरालीलाई आस्थाको केन्द्र मानिन्छ ।
जहाँ विभिन्न ठाउँबाट दर्शन गर्न आउने दर्शनार्थीहरुको घुइँचो लाग्ने गर्दछ ।
भक्तजनहरुले चढाएको भेटिबाट जिल्लाका दुईवटा विद्यालय सञ्चालनका साथै सामाजिक काममा खर्च भइरहेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष पृतम थापाले बताए ।
भेटीवाट आदर्श मा.वि खाँचीकोटमा ६ जना र शान्ति निमावि सितापुरमा चार शिक्षक राखिएको छ ।
भेटीबाट संकलित रकममध्ये आदर्श माविलाई प्रतिमहिना १ लाख र शान्ति निमाविलाई ६० हजार उपलव्ध गराइएको मन्दिर व्यवस्थापन समितिका कोषाअध्यक्ष यादव घिमिरेले बताए ।
मासिक झण्डै ३ लाखदेखि पाँच लाख रुपैयाँ भेटी उठ्ने मन्दिरबाट धेरै सहयोग पुुगिरहेको छ ।
मन्दिरको सहयोग नभएको भए बन्द गर्नुपर्ने अवस्थाका विद्यालयलाई मन्दिरले पुनर्जन्म दिएको छ ।
प्रतिक्रिया दिनुहोस्