
काठमाडौं, साउन ३२ । समलिङी/तेस्रोलिङ्गी व्यक्तिलाई बाटोमा हिडिरहेको बेला प्रहरीले पक्राउ गरी विनाकारण थुनामा राखेर कुटपिट गरेका भन्दै तेस्रोलिङ्गी समुदायले न्यायको माग गरेका छन् ।
यही भदौं २५ गते साँझ सोर्हखुट्टेमा साथीसँग हिडिरहेका बेला तेस्रोलिङ्गी मधु केसीलाई प्रहरीले जबरजफ्ती पक्राउ गरी थुनामा राखी कुटपिट गरेको भन्दै निजका साथी विनोद लामाले जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा मंगलबार उजुरी दिएका छन् ।
व्यक्तिको स्वततन्त्रतापूर्वक बाँच्न पाउन अधिकार खोसिएको र तेस्रोलिङ्गी समुदायालाई प्रहरी प्रशासनले विभेद गर्दै अन्यायपूर्ण व्यवहार गरेको भन्दै लामाले प्रशासन कार्यालय र न्यायका लागि मानवअधिकारकर्मीहरुसँग माग गरेका छन् ।
पक्राउ परेकी मधु केसीलाई प्रहरीले निलडाम हुनेगरी कुटपीट गरेको, अनावश्यक मुद्दा लगाएको, आफन्त र साथीहरुलाई समेत भेट गर्न नदिएर अमानवीय व्यवहार गरेको भन्दै न्यायका लागि पहल गरिदिन आग्रह गरेका छन् ।
विना कारण पक्राउ गर्नुको कारण माग्दै निबेदक लामाले तत्काल रिहाइको माग गरेका छन् । पक्राउ परेकी केसीलाई प्रहरीले सोर्हखुट्टे प्रहरी चौकीमा राखेको छ ।
प्रतिक्रिया दिनुहोस्