Logo २८ बैशाख २०८३, सोमबार | Mon May 11 2026


प्रहरी चौकी कै जग्गा अतिक्रमण !


0
Shares

स्थानीय काशीराम संग्रौलाले प्रहरी चौकीको झन्डै २ रोपनी जग्गा अतिक्रमण गरेको आरोप स्थानीयले लगाएका छन् । संग्रौलाले जग्गा अतिक्रमण गरी मकैबाली लगाएका छन् ।

२०७० सालमा बजिन्द्रदेन सुहाङ र होमप्रसाद यवाले प्रहरी चौकीका लागि जग्गा उपलब्ध गराएका थिए । तर निरौलाले भने जग्गा आफ्नै भएको दाबी गरेका छन् ।

जग्गाको लिखत प्रहरी चौकीमा समेत छैन । चौकी निर्माण समितिमा आबद्ध रहेका केही व्यक्तिले नै जग्गाका लिखत लुकाएको हुनसक्ने आरोप स्थानीयले लगाएका छन् ।