Logo २८ बैशाख २०८३, सोमबार | Mon May 11 2026


भीरबाट लडेर महिलाको मृत्यु, नदीमा एक युवा बेपत्ता


0
Shares

शिवपुरी गाउँपालिका–७ सुनखानी गुरुङगाउँका ५५ वर्षीया लालीमाया तामाङको घरनजिकैको जलेश्वर भीरबाट लडेर मृत्यु भएको छहरे प्रहरीचौकीका प्रहरी सहायक निरीक्षक जयनारायण यादवले जानकारी दिए ।

मंगलबार साँझ घरायसी कामले त्यसतर्फ गएकी उनी नफर्केपछि खोजी गर्नेक्रममा बुधबार बिहान जलेश्वर प्राविनजिकै भीरबाट लडेर बाटोभन्दा १५० मिटर तल मृत अवस्थामा भेटिएको थियो ।

यसैगरी, सुर्खेत वीरेन्द्रनगर–८ का रमेश मगरलाई त्रिशूली नदीले मंगलबार राति बगाउँदा बेपत्ता भएका छन् ।

नुवाकोट बेलकोटगढी नगरपालिका–८ काशिटारमा त्रिशूली नदीबाट बालुवा झिक्नेक्रममा १८ वर्षका मगरलाई नदीले बगाएर बेपत्ता बनाएको हो ।

उनको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक ऋषिराम कँडेलले जानकारी दिए ।

नदीमा स्काभेक्टरको प्रयोग गरी अवैधरुपमा नदीजन्य सामग्रीे उत्खनन्का काम हुँदै आएको छ । रासस