२८ असार २०८२, शनिबार | Sun Jul 13 2025


‘ए’ डिभिजन लिग फुटबल मंसिर १४ देखि, थ्रीस्टारलाई क्षतिपूर्ति दिने निर्णय


0
Shares

अखिल नेपाल फुटबल संघको बुधबार बसेको कार्यसमितिको बैठकले चार वर्षसम्म गर्न नसकेको उक्त प्रतियोगिता मंसिरमा गर्ने निर्णय गरेको हो । प्रतियोगिता पछिल्लोपटक वि.सं. २०७० मा भएको थियो ।

बैठकले एसियन क्लब च्याम्पियनसिपको प्लेअफ गुमाएको थ्रीस्टार क्लबलाई क्षतिपूर्तिसमेत दिने निर्णय गरेको छ ।

क्षतिपूर्तिको विषयमा थप अध्ययन गर्नका लागि वरिष्ठ उपाध्यक्ष मणि कुँवरको संयोजकत्वमा तीन सदस्यीय कमिटीसमेत गठन गरिएको छ ।

कार्यसमितिका सदस्यमा गणेशबहादुर चन्द र दिनेश ब्यञ्जन्कार छन् । उक्त समितिलाई १० दिनको समय दिइएको छ ।

त्यस्तै, एन्फाले विधान संसोधनका लागि असोज २३ मा विशेष साधारणसभा गर्ने र पुस २३ गते नयाँ नेतृत्व चयनका लागि चुनाव गर्ने प्रस्ताव पनि एएफसीसामु पठाउने निर्णय गरेको छ ।

बैठकमा एसियाली फुटबल महासंघ (एएफसी)को विकास कार्यक्रमअन्तर्गत् काठमाडौं, मकवानपुर तथा नवलपरासीमा एक–एक फुटबल मैदान बनाउने निर्णयसमेत गरेको एन्फाले जनाएको छ । रासस