साउन २७ र २८ गते बाढीको पानीले गर्दा विमानस्थल डुबानमा परेपछि विमान सेवा अवरुद्ध भएको हो ।
विराटनगर विमानस्थलमा जमेको हिलो निकाल्नका लागि नेपाली सेना परिचालन भएको छ ।
करिब २०० को संख्यामा खटेका नेपाली सेनाका टोली आलोपालो गरी हिलो हटाउनेलगायतका कार्यका जुटेका छन् ।
यस सम्बन्धमा नागरिक उड्डयन कार्यालय, विराटनगरका प्रमुख सुरेशमान सिंहले मौसमले साथ दिएमा भदौ ३ गते अपराह्नदेखि नियमित उडान सुचारु हुने जानकारी गराए ।
वर्षा र बाढीबाट भएको क्षतिको अहिले तथ्यांक संकलनकार्य नगरिएको र यतिखेर विमान सेवा सुचारु गर्नेतर्फमात्र ध्यानकेन्द्रित गरिएको उनले बताए ।
विमान उडान र अवतरणका लागि दिशानिर्देश गर्ने भीओआर उपकरणमा कुनै क्षति नभएकाले लेदो पखालेपछि नियमित उडान गर्नसकिने प्रमुख सिंहले बताए ।
हटाइएको हिलोलाई व्यवस्थापन गर्नका लागि एउटा डोजर, दुईओटा ट्र्याक्टर र चारओटा दमकल परिचालन गरिएको छ । रासस










प्रतिक्रिया दिनुहोस्