
बासको प्रबन्ध हुन नसक्दा रौतहटका लक्ष्मीपुर–बेलबिछवा, पिपराभगवानपुरका बाढीपीडितहरु चौपायासँगै सुत्न बाध्य भएका हुन् ।
सरकारबाट राहतबापत त्रिपालसमेत नपाएको र साहुसँग ऋण लिएर छाक टार्न बाध्य भएको पीडित लक्ष्मीपुर–बेलबिछवाका जयमंगलराय यादवले बताए ।
जिल्लामा ३० हजार घरधुरीका करिब तीन लाख बासिन्दा बाढीबाट प्रभावित बनेका छन् भने ५७८ घर क्षतिग्रस्त भएको छ ।
प्रतिक्रिया दिनुहोस्