
ललितपुर, माघ ७ । प्रहरीले घुम्न जाँदा हराएका तीनजनालाई फूलचोकी जंगलबाट उद्धार गरेको छ ।
आइतबार दिउँसो घुम्न गएका १७ वर्षीया मुस्कान तामाङ, १८ वर्षीया मल्लिका तामाङ र १९ वर्षीय अभिलेखप्रसाद साहलाई प्रहरीले सोमबार फेलापारेको महानगरीय प्रहरी परिसरले जनाएको छ ।
घुम्न गएका उनीहरु जंगलमा हराएका भन्दै परिवारका सदस्यले प्रहरीलाई जानकारी गराएका परिसरका प्रवक्ता प्रहरी उपरीक्षक शेखर खनालले बताए ।
महानगरीय प्रहरी प्रभाग बाँडेगाउँका प्रहरी निरीक्षक श्यामकुमार कटुवाल नेतृत्वको ९ जनाको टोलीले खोजी गरेको थियो ।
उनीहरु गोदावरी बसपार्कभन्दा ९ किलोमिटर पर जंगलमा भेटिएका प्रहरीले जनाएको छ ।
उनले भने–‘प्रहरीले झन्डै ५–६ घन्टा खोजी गरेपछि उनीहरुलाई भेटाएको थियो ।’
विद्यालय र कलेजमा अध्ययनरत् धेरै किशोर–किशोरी हिउँपर्ने समयमा फूलचोकी जंगलमा जाने गरेका छन् ।
प्रहरीले ‘खतरा’ भनेर जान रोक लगाएको ठाउँभन्दा परसम्म पुग्दा वर्षेनि दुर्घटना भइरहेको छ ।
गत पुस २८ गते विद्यालयमा अध्ययनरत् १६ जना जंगलमा हराउँदा प्रहरीले उद्धार गरेको थियो । रासस
प्रतिक्रिया दिनुहोस्