Logo २८ बैशाख २०८३, सोमबार | Mon May 11 2026


बाढीले पुरेका सामान निकाल्ने र सफाइ गर्ने अभियान सुरु


0
Shares

इटहरी उपमहानगरपालिकाले बाढी प्रभावित स्थलमा छिटो सफा गरी पीडितलाई घर फर्काउने तयारी गरेको छ ।

इटहरीका मेयर द्वारिकलाल चौधरीले बाढी पीडितलाई तत्कालका लागि राहत उपलब्ध गराएको र केही पीडितलाई पुनर्वास गराउने काम शुरु गरेको बताए ।

यता, जिल्ला प्रशासन कार्यालय सुनसरीले पीडितको क्षतिको लागत संकलन गर्न कर्मचारी परिचालन गर्ने जनाएको छ । अहिलेसम्म सुनसरीमा १२ जनाको मृत्यु र ३ जना बेपत्ता भएको सुनसरीका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद पराजुलीले जानकारी दिए ।

नक्कली पीडितका कारण पहिलो चरणको राहत वितरणमा ढिला भएको पूर्वाञ्चलका क्षेत्रीय प्रशासक राजेश्वरमान सिंहले जानकारी दिए ।

पीडितहरुले भने सरकारले उपलब्ध गराएको राहत नपाएको भन्दै आक्रोश पोखेका छन् । इटहरीमा बाढीबाट करीब १५ सय घर परिवार प्रभावित बनेका छन् ।