
राष्ट्रपति कार्यालय शीतल निवासमा शुक्रबार आयोजना गरिएको विशेष समारोहमा प्रधानन्यायाधीश पराजुलीले नवनियुक्त महान्यायाधिवक्ता भण्डारीलाई पद तथा गोपनीयताको शपथग्रहण गराएका हुन् ।
समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, संवैधानिक अंगका प्रमुख, सुरक्षा निकायका प्रमुखलगायतको उपस्थिति रहेको थियो ।
वरिष्ठ अधिवक्ता भण्डारीलाई प्रधानमन्त्री देउवाले महान्यायाधिवक्ता नियुक्तिका लागि बुधबार राष्ट्रपति भण्डारीसमक्ष सिफारिस गरेका थिए ।
नेपालको संविधानअनुसार महान्यायाधिवक्ता नियुक्तिका लागि प्रधानमन्त्रीले सिफारिस गर्ने र राष्ट्रपतिले नियुक्त गर्ने व्यवस्था छ ।
वि.सं. २००२ मा काठमाडौंको ठमेल, गल्कोपाखामा जन्मिएका भण्डारीले त्रिविबाट अर्थशास्त्रमा स्नातकोत्तर र कानुनमा स्नातक गरेका छन् ।
उनले वि.सं. २०३० देखि वकालत सुरु गरेका हुन् । उनले नेपाल बार एसोसिएसनको केन्द्रीय सदस्य हुँदै अध्यक्षमासमेत प्रतिस्पर्धा गरेका थिए ।
सरकारको कानुनी सल्लाहकार महान्यायाधिवक्ता भण्डारीले संविधान र कानुनअनुसार आफ्नो अनुभव र क्षमतालाई प्रयोग गरेर सकेसम्म प्रभावकारी ढंगले सरकारी मुद्दामा प्रतिरक्षा गरिने प्रतिबद्धता व्यक्त गरे । रासस
प्रतिक्रिया दिनुहोस्