Logo २८ बैशाख २०८३, सोमबार | Mon May 11 2026


भारतबाट उद्धार गरेर ल्याइएको एकसिङे गैंडा निकुञ्जमा छाडियो


0
Shares

केही दिनअघि आएको बाढीले बगाएर भारतको ग्रामीण बस्तीमा पुर्‍याएको गैंडालाई उद्धार गरी चितवन राष्ट्रिय निकुञ्जको पूर्वी शाखा कार्यालयनजिकैबाट शुक्रबार निकुञ्जमा छाडिएको हो ।

अन्दाजी साढे दुई वर्षकोजस्तो देखिने पोथी गैंडालाई बाढीले नेपाल–भारत सीमाभन्दा ४२ किलोमिटर दक्षिण पूर्वमा पर्ने भारतको बगाहा भन्ने स्थानमा फेलापारेर ल्याइएको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी तथा सहायक संरक्षण अधिकृत नुरेन्द्र अर्यालले जानकारी दिए ।

भर्खरै माउबाट छुट्टिएको सो गैंडा भारतको गाउँको घनाबस्तीको बीचमा रहेको उखुबारीमा फेलापरेको उनको भनाइ छ ।

योसँगै पाँचओटा गैंडा यसरी बगाएकामा अतिजोखिममा रहेको उक्त गैंडालाई उद्धार गरिएको निकुञ्जको भनाइ छ ।

सो गैंडालाई डाट गरेर बेहोस बनाइ बिहीबार साँझ भारतबाट ट्रकमा राखेर ल्याइएको थियोे । रासस