Logo २८ बैशाख २०८३, सोमबार | Mon May 11 2026


कानुनी शासनको प्रत्याभूति हुनेगरी काम गर्छु : महान्यायाधिवक्ता भण्डारी


0
Shares

शुक्रबार शपथग्रहणलगत्तै महान्यायाधिवक्ताको कार्यालयमा पदभार ग्रहण गर्दै उनले संघीयतामा सरकारी वकिलको जिम्मेवारी अझै बढेको बताए ।

उनले मानवअधिकारलाई संवेदनशील भएर हेर्नुपर्न बताउँदै कानुनी शासनको प्रत्याभूति हुनेगरी काम गर्ने प्रतिबद्धता जनाए ।

उनले जुनसुकै राजनीतिक पृष्ठभूमिबाट भएपनि न्याय र कानुनी शासनका लागि सबै एक भएर आफ्नो व्यावसायिक धर्म निभाउनुपर्ने बताए ।

यसअघि, शुक्रबारै राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा प्रधानन्यायाधीश गोपाल पराजुलीले उनलाई पद तथा गोपनीयताको शपथग्रहण गराएका थिए ।