२९ श्रावण २०८२, बिहिबार | Fri Aug 15 2025


नेपालका सबै स्थान वायु प्रदूषणको चपेटामा, नेपालगन्ज ‘सबैभन्दा प्रदूषित’ (भिडियो)


0
Shares

प्रतीक्षा खनाल र राजेन्द्र नापित (इमेज)

काठमाडौं, माघ ७ । नेपालको वायु प्रदूषण बढ्नुमा बढ्दो जनसंख्या र पुराना सवारी–साधन त जिम्मेवार छँदैछन् । साथै, छिमेकी मुलुकबाट आउने प्रदूषित वायुले पनि समस्या बढाएको छ ।

हाम्रो देश पनि वायु प्रदूषणको चपेटामा परेको छ ।

वातावरण विभागले देशभर जडान गरेका प्रदूषण मापन केन्द्रको तथ्यांकअनुसार देशका सबै स्थानको वायु सुरक्षित तहभन्दामाथि छ ।

सहरी क्षेत्र तथा घना बस्ती भएका क्षेत्रसँगसँगै कम बस्ती र घना वन–जंगल भएका क्षेत्रमासमेत वायु प्रदूषणको मात्रा उच्च रहेको छ ।

पछिल्लो तथ्यांकअनुसार देशको सबैभन्दा प्रदूषित सहर नेपालगन्ज हो ।

काठमाडौं उपत्यका, वीरगन्ज, जनकपुर र विराटनगरको अवस्था पनि प्रदूषणको दृष्टिले नाजुक छ ।

तर, घना जंगल क्षेत्रको नजिकै रहेका सिमरा र सौराहाको वायु पनि उत्तिकै प्रदूषित भएको तथ्यांकले बताउँछ ।

वायु प्रदूषण गराउन धुवाँ–धुलो, उद्योग, पुराना सवारी–साधन, कृषि प्रयोजन, भौतिक संरचना निर्माणलगायतका क्रियाकलापहरु जिम्मेवार छन् ।

तर, वायु प्रदूषणको मुख्य कारणहरुमा स्वदेशमा उत्सर्जन हुने धुवाँ–धुलोका साथै छिमेकी देशको प्रदूषण बहेर आउनु पनि एक रहेको वातावरण विभागका महानिर्देशक झलकराम अधिकारी बताउँछन् ।

देशको वायु प्रदूषण न्यूनीकरण गर्न छिमेकी मुलुकबाट बहेर आउने प्रदूषणलाई कम गर्न राज्यले विशेष पहल गर्नु आवश्यक रहेको महानिर्देशक अधिकारी बताउँछन् ।

सन् २०१८ को ‘इन्भायरोमेन्टल पर्फमेन्स इन्डेक्स’ले वायु प्रदूषणमा छिमेकी राष्ट्र भारत नेपालभन्दा प्रदूषित रहेको जनाएको छ । इन्डेक्सकाअनुसार नेपाल १७६औं स्थानमा छ भने भारत १७७औं स्थानमा छ ।

भिडियो हेर्नुहोस्