२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


‘राष्ट्रिय शिक्षा पत्रकार पुरस्कार’ अर्याल र काफ्लेलाई


0
Shares

शिक्षा विभाग र नेपाल पत्रकार महासघंले सयुक्त रुपमा प्रदान गरेको पुरस्कारबाट नगद ७५ हजारसहित दुई पत्रकार पुरस्कृत भएका हुन ।

यस्तै, प्रदेशगत शिक्षा पत्रकारीता पुरस्कारबाट १७ जना पत्रकारलाई पुरस्कृत गरिएको छ । जनही ३० हजारसहित पुरस्कार प्रदान गरिएको हो ।

त्यस्तै, संस्थागत शिक्षा पत्रकारिता पुरस्कार ११ ओटा सन्चार संस्थालाई प्रदान गरिएको छ । जसमा टेलिभिजन, पत्रपत्रिका र अनलाईन मिडियालाई जनही रु ४० हजार प्रदान गरिएको छ भने एफ.एम. रेडियोलाई जनही २५ हजार नगदसहित सम्मान गरिएको छ ।

त्यसैगरी, शिक्षा पत्रकारिता लेखनवृत्ति पुरस्कारवाट १७ जना पत्रकारलाई जहनी रु २० हजारको पुरस्कार प्रदान गरियो । शिक्षामन्त्री गोपालमान श्रेष्ठले उनीहरुलाई पुरस्कार प्रदान गरेका थिए ।