Logo २८ बैशाख २०८३, सोमबार | Mon May 11 2026


देउवालाई मोदीले गरे टेलिफोन, बाढी प्रभावितका लागि २५ करोड भारु दिने वचन


0
Shares

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवालाई टेलिफोन गरी यस्तो प्रतिबद्धता जनाएका हुन् ।

प्रधानमन्त्री देउवाले ट्वीटमार्फत् समकक्षी मोदीले बाढी–पहिरोबाट प्रभावितहरुका लागि नगद २५ करोड भारु दिने टेलिफोनमा बताएको उल्लेख गरेका छन् । 

प्रधानमन्त्री देउवासँगको टेलिफोन वार्ताकाक्रममा भारतीय प्रधानमन्त्री मोदीले नेपालमा बाढी–पहिरोबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःखसमेत व्यक्त गरेका थिए ।