मध्यपहाडी लोकमार्गअन्तर्गत दिक्तेल–हलेसी सडक कालोपत्रेको कामका लागि भन्दै ठेकेदारले अनाधिकृतरुपमा राँकेडाँडामा सञ्चालन गरेको क्रसर उद्योगका कारण ऐतिहासिक एवम् पर्यटकीय स्थल महुरेगढीको अस्तित्व नै संकटमा परेको हो ।
डेढ वर्षदेखि सञ्चालनमा ल्याइएको क्रसर उद्योगले सदियौंदेखि हरेक साउन २ गतेका दिन राँके मेला लाग्ने राँकेडाँडा कुरुप बनेको छ । सँधै हरियाली रहने महुरेको चौर ढुंगा, गिटी र माटोले फुस्रेडाँडामा परिणत भएको छ ।
क्रसरका कारण राँकेडाँडा संरचना बिग्रनुका साथै डाँडामुनि खसेका ढुंगा र माटोले रातमाटे लुम्रे सामुदायिक वन नै पुरिन थालेको छ । ठेकेदारले स्थानीय महुरे प्राकृतिक सामुदायीक वनलाई बार्षिक ४० हजार र रातमाटे लुम्रे सामुदायिक वनलाई बार्षिक २० हजार दिने सम्झौता गरेर क्रसर उद्योग सञ्चालनमा ल्याएका हुन् ।
दुई सामुदायिक वन र ठेकेदारबीचमा ३ वर्षका लागि क्रसर उद्योग सञ्चालन गर्ने सम्झौता छ । ऐतिहासिकस्थलको प्राकृतिक सौन्दर्य नै बिगार्ने गरी सञ्चालनमा रहेको क्रसरका विषयमा जनप्रतिनिधि चुनिएपछि मात्र आवाज उठ्न थालेको हो ।










प्रतिक्रिया दिनुहोस्