Logo २८ बैशाख २०८३, सोमबार | Mon May 11 2026


सामुदायिक विद्यालयमा शिक्षक दरवन्दी नहुँदा पठनपाठनमा समस्या


0
Shares

शिक्षक दरबन्दी नै नभएका विद्यालयहरुमा जिल्ला शिक्षा कार्यालयले तलव भत्ताका लागि बजेट नपठाउने हुँदा पठन–पाठनमा समस्या भएको हो ।

स्थानीयले संकलन गरेको रकमले शिक्षकलाई तलव दिन धौं–धौं भएपछि विना दरबन्दीको शिक्षकले धानेको एकसयभन्दा बढी सामुदायिक विद्यालयमा पठन–पाठनमा समस्या भएको सन्चालकहरुले बताएका छन् ।

जिल्ला शिक्षा कार्यालय धादिङका अनुसार जिल्लाका ४१ ओटा माध्यामिक विद्यालय, ५५ ओटा निम्न माध्यामिक विद्यालय र १५ ओटा आधारभूत विद्यालयमा शिक्षक दरबन्दी नै नभई सन्चालन हुँदै आएको छ ।