Logo २८ बैशाख २०८३, सोमबार | Mon May 11 2026


देउवा सरकारमा ८ राज्यमन्त्री थपिए, अझै १३ जना थपिने


0
Shares

माओवादी केन्द्रको कोटाबाट राज्यमन्त्री बनाइएकाहरुलाई प्रधानमन्त्री देउवाले आइतबार सिंहदरबारमा पद तथा गोपनियताको सपथ गराएका हुन् ।

नवनियुक्त राज्य मन्त्रीहरुमा मोहम्मद जाकिर हुसैन (महिला, बालबालिका तथा समाज कल्याण), श्यामकुमार श्रेष्ठ (गृह), रामसिंह यादव (स्वास्थ्य), शम्भुलाल श्रेष्ठ (उर्जा), कर्णबहादुर वि.क. (आपूर्ति), छमबहादुर गुरुङ (सहरी विकास), गोमा कुँवर (पशुपन्छी विकास) र ओङ्दी शेर्पा (सामान्य प्रशासन) मन्त्रालय रहेका छन् ।

नेपाली कांग्रेसबाट १० र लोकतान्त्रिक फोरमबाट ३ जना राज्यमन्त्री थपिने जनाइएको छ ।