
ढाकाको ‘फास्ट ट्राक ट्राइब्यूनल’ले १७ वर्ष पूरानो उक्त मुद्धामा आइतबार (आज) फैसला सुनाउदै अरु नौजनालाई जेल सजाय सुनाएको छ ।
उक्त मुद्धाका एकअभियुक्त हरकत उल जिहाद समुहसंग जोडिएका मुफ्ती अब्दुल हन्नानलाई अरु नै मुद्धामा मृत्युदण्डको सजाय दिइसकिएको छ ।
सन् २००० को जुलाई २० मा गोपालगन्जको कोटालीपाडाको एकस्कुलमा प्रधानमन्त्री हसीनाले सम्बोधन गर्ने मञ्च र हेलिप्याडमा ठूलो परिमाणमा विष्फोटक पदार्थ बरामद गरिएको थियो ।
अनुसन्धानबाट प्रधानमन्त्री हसीनाको हत्या गर्ने प्रयास गरेको पुष्टि भएको थियो । यसपछि हत्या प्रयासमा संलग्न १० जनाविरुद्ध मुद्धा दायर गरिएको थियो । उक्त मुद्धाको फैसला आइतबार (आज) टुंगो लगाइएको हो ।
प्रतिक्रिया दिनुहोस्