९ जेष्ठ २०८२, शुक्रबार | Fri May 23 2025


हमलाका लागि भण्डार गरिएको १२० सिलिन्डर ग्यास बरामद


0
Shares

ती ग्यास सिलिन्डरको सहयोगमा हमलाको योजना बनाएको तथ्य प्रहरीले फेला पारेको हो । प्रहरीले अल्कना शहरको एक घरमा सिलिन्डर फेला पारेको हो ।

आतंककारी समूहले यो घरलाई नै नियन्त्रणमा लिएर हमलाको तयारी गरेको बताइएको छ । तर बुधबार राति यो घरमा विस्फोट भएको थियो ।

प्रहरीले बार्सिलोनाको लासरम्बलासमा मानिसको भीड भएको स्थानमा सवारी साधन कुदाउने चालकको अझै खोजी गरिरहेको छ । यो हमलामा १३ जनाको मृत्यु भएको थियो ।

त्यसैगरी शुक्रबार क्याम्ब्रिल्समा भएको हमलामा पनि एक महिलाको मृत्यु भएको थियो । यो हमलालाई असफल बनाउन प्रहरीले गरेको कारबाहीमा शंकास्पद ५ जनाको मृत्यु भएको थियो । (एजेन्सी)