Logo २८ बैशाख २०८३, सोमबार | Mon May 11 2026


जरिवाना रकम तिर्न नसकी कारागारमै रहेका बन्दीलाई कैदीबन्दीद्वारा सहयोग


0
Shares

चोरीको अभियोगमा कैदी जीवन बिताइरहेका धनकुटाको पाख्रिबास नगरपालिका–१२ फलाटेका २५ बर्षीय निरबहादुर भुजेललाई कैदीबन्दीले सहयोग गरी कैद मुक्त गराएका हुन् ।

भुजेल २०७२ साउन १९ गते जिल्ला अदालत धनकुटाले एक महिना कैदसहित ३० हजार विगो जरिवाना गरेको थियो । भुजेल ३० हजार रुपैयाँ बुझाउन नसकेका कारण कारागारमै बस्न बाध्य थिए ।

कारागारमा नाईके देवराज अधिकारीले २ हजार ४ सय र अन्य कैदीबन्दीले समेत रकम संकलन गरी १२ हजार ४ सय रुपैयाँ बुझाएर कैद मुक्त गरेको कारागार प्रशासनले जनाएको छ ।