९ जेष्ठ २०८२, शुक्रबार | Fri May 23 2025


भारत–चीन सीमा विवादमा जापान मुछिएपछि चीनको कडा चेतावनी


0
Shares

सोमबार (आज) चिनियाँ विदेशमन्त्रालयका प्रवक्ता हुआ चुनवींगले जापानले सीमा विवादको यथार्थता बुझेर तथ्यको अध्ययन गर्नुपर्ने बताउँदै जथाभावि नबोल्न चेतावनी दिएको हो ।

प्रवक्ता हुआ चुनवींगले भने, ‘मैले सबै रिर्पोटहरु अध्ययन गरेको छु, भारतमा जापानका राजदूत भारतको पक्षमा बोल्न चाहन्छन् । तर, म उनलाई के चेतावनी दिन्छु भने जापानले दुई देशबीचको विवादमा बोल्नुपुर्व तथ्य र वास्तविकताको अध्ययन गरोस् ।’

प्रवक्ता चुनवींगको भनाई आएपछि चिनियाँ सरकारी सन्चारमाध्यम ‘ग्लोबल टाइम्स‘ले चीन–भारत सीमा विवादमा जापान पसेकोले र यसको परिणाम सकरात्मक नहुने उल्लेख गरेको छ ।

चुनवींगका अनुसार जापानले कुटनीतिक तहमै भारतको पक्ष लिएको छ । साथै, कसैलेपनि बलपूर्वक यथास्थितिलाई बदल्न हुन्न । भारतले आफ्नो सेना तथा अन्य उपकरणहरु सीमा क्षेत्रबाट फिर्ता लानुपर्नेछ अन्यथा कुनै सकरात्मक कुराकानी संभव छैन् ।

चिनियाँ पक्षले सीमा विवादको तीनओटा तथ्य बताउँदै आएका छ । प्रवक्ता चुनवींगका अनुसार पहिलो– विगत १२७ वर्षदेखि परम्परागत रुपमा दुबै देशले मान्दै आएको सीमानालाई पछिल्लो समयमो भारतले अवैध तरिकाले सीमा अतिक्रमण गरेको छ ।

दोस्रो–भारतले अनावश्यक रुपमा सीमा अतिक्रमण गरेर हामीलाई उक्साउने र यथास्थितिको परिवर्तन गर्ने काम गरेको छ । र तेस्रो तथ्यमा चीनका माग राखेको छ, भारतले सीमा उल्लंघन गरेका आफ्ना सैनिक र उपकरण फिर्ता गरोस् ताकी हामी दुबै देशबीच निर्णायक कुराकानीको सुरु गर्नको लागि पहिलो शर्त हुनेछ ।

सीमा विवादलाई अन्तर्राष्ट्रियकरण गर्ने बताइरहँदा यता भारतीय केन्द्रिय गृहमन्त्री राजनाथ सिँहले भारतले कुनै देशलाई आक्रमण र सीमा उल्लघंन नगरेको बताएका छन् ।

भारत–तीब्बत सीमा पुलिस (आईटीबीपी)को एक कार्यक्रममा गृहमन्त्री सिँहले भारतको सीमा विस्तार योजना नरहेको स्पष्टिकरण दिँदै भारतीय सुरक्षा बल कुनैपनि स्थितिको सामना गर्न सक्षम रहेको कडा जवाफ दिएका छन् । (एजेन्सी)