२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


म्यान्चेस्टर सिटी र एभर्टनले बराबरी खेले, राहिम र रुनीले गरे गोल


0
Shares

सिटीको मैदान इत्तिहाद स्टेडियममा भएको खेलको ३५ औं मिनेटमा वायन रुनीले गोल गर्दै एभर्टनलाई अग्रता दिए ।

४४ औं मिनेटमा सिटीका कायल वाल्कर दोहोरो पहेंलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि टोली १० जनामा समेटियो ।

दोस्रो हाफको ८२ औं मिनेटमा म्यान सिटीका राहिम स्टर्लीङले एक गोल फर्काउँदै खेल बराबरी गरे ।

यसपछि एभर्टनका मोर्गन स्नाईडर्लीनले रातो कार्ड खाएपछि दुबै टोली १० जनामा समेटिए ।

यो बराबरीपछि प्रिमियर लिग फुटबलको नयाँ सिजनको सुरुवाती दुई खेलबाट दुबै टोलीले ४-४ अंक बटुलेका छन् ।