गत साउन २६ गते खाँडो खोलाको बाढीले बस्ती नै जलमग्न बनाएपछि खाने र बस्नेलगायतका समस्या भोगीरहेका सकरपुरावासी अहिले सर्पको डरले थप त्रसित भएको स्थानीय सच्चितानन्द झाले जानकारी दिए ।
दिउँसोको समयमा सर्प त्यति नदेखिए पनि रातको समयमा घरमा प्रायः सर्प आउने गरेकाले ज्यान जोगाउनै मुस्किल परिरहेको गुनासो स्थानीयले गरेका छन् ।
पछिल्ला तीन दिनमा मात्र यो बस्तीका ७ जना सर्पको टोकाईबाट घाईते भएका छन् । उनीहरुलाई उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा भर्ना गरिएको छ ।
अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेन्ट दयाशंकरलाल कर्णले दैनिक १२ देखि १५ जना सर्पले टोकेका बिरामी उपचारका लागि आउने गरेको जानकारी दिए ।










प्रतिक्रिया दिनुहोस्