३० श्रावण २०८२, शुक्रबार | Fri Aug 15 2025


वित्त आयोगमा बालानन्द पौडेल नियुक्त, अन्य आयोगमा को-को ?


0
Shares

काठमाडौं । संवैधानिक परिषद्ले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको अध्यक्षमा पूर्व सचिव बालानन्द पौडेललाई नियुक्त गर्न सिफारिस गरेको छ ।

प्रधानमन्त्री कार्यालयमा आज बसेको बैठकले पौडेललाई वित्त आयोगको अध्यक्षमा नियुक्त गर्न सिफारिस गरेको हो ।

सरकारले पुस मसान्त भित्र आयोग गठन गर्नु पर्नेमा एक हप्ता ढिला गरी आज आयोगको अध्यक्षमा सिफारिस गरेको हो ।

यस्तै समावेशी आयोगको अध्यक्षमा शान्तराज सुवेदी, थारु आयोगको अध्यक्षमा विष्णुप्रसाद चौधरी र मुश्लिम आयोगको अध्यक्षमा समिम अन्सारी र मधेसी आयोगको अध्यक्षमा डा. विजयकुमार दत्तलाई सिफारिस गरिएको छ ।