विभिन्न ५७ स्थानमा अस्थायी शिविर बनाएर बस्दै आएकाहरुलाई शनिबारदेखि महानगरपालिकाले त्रिपाल र खाद्य सामाग्री वितरण गर्दै पुरानै स्थानमा फर्काउने काम सुरु गरेको हो ।
महानगरपालिकाको पहलमा स्थानीय युुवा समूह र नेपाली सेनाको सहयोगमा मंगलबारसम्म ८ हजारलाई पुनःस्थापना गरिएको जनाइएको छ ।
बाढीले विराटनगर महानगरपालिकामा ३ हजार घर पूर्णरुपमा क्षति भइ करिब १२ हजारजना विस्थापित भएका थिए भने ६ जनाको मृत्यु भएको थियो ।










प्रतिक्रिया दिनुहोस्