९ जेष्ठ २०८२, शुक्रबार | Fri May 23 2025


जोन्सन एन्ड जोन्सन पाउडर प्रयोग गर्दा क्यान्सर, ४२ अर्ब ७५ करोड ९६ लाख क्षतिपूर्ति


0
Shares

लस एन्जेलसस्थित अदालतका न्यायाधीशको इजलासले क्यालिफोर्नियाली एक महिलाले कम्पनीको बेबी पाउडर प्रयोग गर्दा डिम्बाशयको क्यान्सर भएको दाबी गर्दै दायर गरेको मुद्दाको फैसलामा उक्त आदेश दिएको हो ।

जोन्सन एन्ड जोन्सन कम्पनीको टेलकम पाउडर प्रयोगका कारण महिलाको गर्भाशयमा क्यान्सर भएपछि क्षतिपूर्ति दिन अदालतले आदेश दिएको हो ।

अदालतले ६३ वर्षीया इभा इचेभर्रियालाई उक्त रकम उपलब्ध गराउन आदेश दिएको बताइएको छ । ती महिलाले ११ वर्षको उमेरदेखि जोन्सन एन्ड जोन्सन कम्पनीको पाउडर प्रयोग गर्दै आएको बताएकी छन् ।

तिघ्राको काछ वरपर उनी नियमित रुपमा कम्पनीको बेबी पाउडर प्रयोग गर्थिन् । अमेरिकाका विभिन्न अदालतमा कम्पनीविरुद्ध शृङ्खलाबद्ध सुनुवाई हुँदै आएको छ ।

तर हालसम्मकै सबैभन्दा ठूलो रकम क्षतिपूर्ति पाउन पाउने इचेभर्रिया पहिलो बनेकी छन् ।

पाउडर प्रयोग गरेकै कारण आफूलाई डिम्बासयको क्यान्सर भएको भन्दै अन्य महिलालाई जोन्सन एन्ड जोन्सनको टेलकम पाउडर प्रयोग नगर्न सल्लाह दिएकी छन् ।
तर कम्पनीका प्रवक्ता कैरोल गुडरिचले भने अमेरिकी अदालतको यो फैसला गलत भन्दै अपील गर्ने बताएका छन् ।

वैज्ञानिक हिसाबले पनि सो पाउडरमा खराबी नहुने भन्दै उनले अमेरिकी अदालतको फैसला गलत भएको बताएका छन् ।(एजेन्सी)