१२ भाद्र २०८२, बिहिबार | Thu Aug 28 2025


स्वास्थ्यका कर्मचारीहरुको समायोजनमा समस्या


0
Shares

काठमाडौं । संसदको शिक्षा तथा स्वास्थ्य समितिमा कर्मचारी समायोजन अध्यादेशका कारण स्वास्थ्य प्राविधिकहरुबीच उत्पन्न समस्याबारे छलफल भएको छ । 

समायोजनबाट हेल्थ असिस्टेन्ट र अहेबहरुबीच को कसको मातहतमा बस्ने भन्ने समस्या आएको छ ।

तीन बर्षे हेल्थ असिस्टेन्ट पढेकाहरु १५ महिने अनमी र अहेवहरुको मातहातमा काम गर्न नसक्ने भन्दै आन्दोलनमा उत्रिएका छन् । समितिका सदस्यहरुले शैक्षिक दक्षताको आधारमा नै जिम्मेवारी दिन आग्रह गरेका थिए ।

स्वास्थ्य राज्यमन्त्री डा. सुरेन्द्र यादवले कर्मचारी समायोजनका कारण आपूmलाई स्वास्थ्यमा कर्मचारी समायोजन गर्न समस्या भएको बताए ।

यस्तै समितिका सदस्य खगराज अधिकारीले तीन बर्षे कोर्ष गरेकाहरुसंग १५ र १८ महिने कोर्ष गरेकाहरुको तुलना हुन नसक्ने बताए ।

अधिकारीले स्वास्थ्यका कर्मचारीको सम्बन्धमा सर्वोच्च अदालतले दिएका आदेश ९० प्रतिशत गलत रहेको समेत बताए ।

तीन बर्षे एचए पढेका सेवामा प्रवेश गर्नेहरुले शुरुमै पाचौं तह पाउने गर्दछन् भने अहेबहरुले चौथोबाट सेवा प्रवेश गर्दछन् ।

तर समायोजन गर्दा अहेवहरुको अधिनमा एचएहरुले काम गर्नु पर्ने अवस्था आएपछि समस्या बढेको हो ।