Logo २८ बैशाख २०८३, सोमबार | Mon May 11 2026


हिमानी शाहद्वारा बारा र पर्साका ५०० बाढीपीडितलाई राहत वितरण


0
Shares

छोरा हृदयेन्द्र र छोरी कृतिका शाहसँगै बुधबार वीरगन्ज पुगेकी शाहले ५०० बाढीपीडित परिवारलाई राहत वितरण गरेकी हुन् ।

पर्साको पोखरीयास्थित रामदेव कलवार उच्च माध्यमिक विद्यालयमा आयोजित कार्यक्रममा पीडित परिवारलाई चामल, दाल, चिउरा, बिस्कुट र एक/एकओटा त्रिपाल वितरण गरिएको थियो ।

जिल्ला दैवी प्रकोप उद्धार समिति बारा र पर्साको समन्वयमा हिमानी ट्रष्टद्वारा आयोजित राहत वितरण कार्यक्रममा पर्सा जिल्लामा बाढीबाट प्रभावित पोखरीया, निचुटालगायत गाउँका २५० र बारा, भलुहीका २५० बाढीपीडित परिवार सामेल थिए ।