खासगरी हिन्दू महिलामा प्रचलित यस पर्वमा दर खाने, नाच्ने, गीत–संगीतमार्फत् आफनो मनको बह पोख्ने र रमाइलो गर्ने गरिन्छ ।
राजधानीका मुख्य व्यापारिक केन्द्रमा महिलाको भीड बढेको छ । रातो साडी, चुरापोते र शृंगारका सामग्री किन्ने महिलाको भीडले बाटो हिँड्नै मुस्किल पर्न थालेको छ ।
हिन्दु नारीले महान पर्वकारुपमा मनाउने हरितालिका तीज नजिकिएसँगै सामग्री किन्नेको भीड बजारमा बढेको हो ।
भाद्र शुक्ल द्वितीयादेखि पञ्चमीसम्म चार दिन मनाइने तीजमा भगवान् शिवको आराधना गरिनुका साथै नाचगान र मनोरन्जन गरिन्छ ।
नेपाली हिन्दू महिलाले स्वतन्त्र र आनन्दमयरूपमा मनाइने तीज अरु धर्म र जातजातिका महिलाले पनि एकसाथ मनाउन थालेका छन् । त्यसैको तयारीको चटारो उनीहरुलाई परेको छ ।
हिमालय पर्वत कि पुत्री पार्वतीले भगवान् शिवको स्वास्थ्य तथा शरीरमा कुनै बाधा उत्पन्न नहोस् भनेर पहिलो व्रत राखेको र त्यसै दिनदेखि आजसम्म हिन्दु नारीले यो पर्व मनाउँदै आएको विश्वस गरिन्छ ।
भिडियो हेर्नुहोस्










प्रतिक्रिया दिनुहोस्