Logo २८ बैशाख २०८३, सोमबार | Mon May 11 2026


पहिरोले गाडी पुरियो, हेलम्बु राजमार्ग अवरुद्ध


0
Shares

पहिरोका कारण हेलम्बु राजमार्गसमेत अवरुद्ध भएको छ ।

मेलम्ची बजारमाथिबाट पहिरो खस्दा स्थानीय टेकलाल श्रेष्ठ र महेश श्रेष्ठको घरमा क्षति पुगेको छ भने बा१३प ८७३१ नम्बरको गाडी पुरिएको छ ।

पहिरो पन्छाउन एक्साभेटर प्रयोग गरिएको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक नवराज ढुंगानाले जानकारी दिए ।

उक्त स्थानमा पुनः पहिरो झर्ने सम्भावना रहेकाले अहिले केही घरलाई खाली गराइएको छ । रासस