९ जेष्ठ २०८२, शुक्रबार | Fri May 23 2025


भारतमा रहेका आफ्ना नागरिकलाई चीनले भन्यो– सुरक्षामा सचेत रहनू


0
Shares

                                                                    चिनियाँ राष्ट्रपति सी जिनपिङ

नयाँ दिल्लीस्थित चिनियाँ दूतावासले भारतमा रहेका आफ्ना नागरिकलाई सुरक्षामा सतर्कता अपनाउन भनेको हो । दुई मुलुकबीच पछिल्लो समय बढ्दै गएको तनावका बीच चीनले भारतमा रहेका आफ्ना नागरिकलाई यस्तो निर्देशिका जारी गरेको हो ।

पछिल्लो दुई महिना यता चीनले यस्तो निर्देशिका दोस्रो पटक जारी गरेको हो ।

चीन र भुटानको सीमा क्षेत्र दोक्लाममा भारतीय सेनाले उपस्थिति जनाएको विषयलाई चीनले आपत्ति जनाउँदै आएको छ । चीनले सो क्षेत्रबाट विनाशर्त आफ्नो सेना फिर्ता गर्न भारतलाई चेतावनी दिएको छ ।

यद्यपि नयाँ दिल्लीस्थित चिनियाँ दूतावासले जारी गरेको सुरक्षा एडभाइजरीमा दुई मुलुकबीचको तनावलाई उल्लेख गरिएको छैन । भारतमा पछिल्लो समय भएको प्राकृतिक विपद् र रोगलाई आधार बनाएर चीनले आफ्ना नागरिकलाई सचेत रहन भनेको छ । तर चीनको यस्तो एडभाइजरीलाई भारतीय कुटनीतिक विश्लेषकले दुई मुलुकबीच बढ्दै गएको तनावसँग जोडेर व्याख्या गरेका छन् । (एजेन्सी)