
काठमाडौं, माघ ६ । राष्ट्रिय आवासीय चिकित्सक संघले डा. गोविन्द केसीले राखेका मागप्रति ऐक्यवद्धता जनाएको छ ।
आज विज्ञप्ति जारी गर्दै संघले स्वास्थ्य क्षेत्रमा कार्यरत स्वास्थ्यकर्मी र आमनेपालीको स्वास्थ्य सेवा पहुँचलाई मध्यनजर गर्दै दुर्गमसम्म सेवा पुगोस् भन्ने आसयसहित गरिएको सत्याग्रहमा ऐक्यवद्धता जाहेर गरेको उल्लेख छ ।
संघले डा के.सीसँग यसअघि भएका सहमतिअनुसार चिकित्सा शिक्षा ऐन पारित गर्न र डा.केसीको मागप्रति गम्भीर भई उनको जीवन रक्षा गर्न अपिल गरेको छ ।
संघका अध्यक्ष डा. सुमित पाण्डे र सचिव डा. विश्वराज तिमल्सिनाद्वारा जारी विज्ञप्तिमा सम्पूर्ण आवासीय चिकित्सकलाई सरकारको ‘निर्मम र लापरवाह कदम’को विरोधमा आफ्नो कार्यक्षेत्रमा कालो पट्टी बाँधेर विरोध जनाउन आह्वान गरिएको छ । संघले डा. केसीको अनसन तोडाउन सरकारले पहल नगरे थप आन्दोलन गर्ने चेतावनीसमेत दिएको छ ।
प्रतिक्रिया दिनुहोस्