
फाइल फोटो
पिकअप सिंगल क्याप बोलेरो र मोटरसाइकल एकआपसमा जुध्दा सुनकोशी गाउँपालिका–५ निवासी अन्दाजी ३८ वर्षीय मोटरसाइकल चालक रामकृष्ण श्रेष्ठको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सन्तोष श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार काठमाडौंबाट सिन्धुलीमाडीतर्फ आउँदै गरेको बा१४च २४९३ नम्बरको बोलेरोले श्रेष्ठ सवार बा३५प ९३२२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । बलेरो चालकलाई खुर्कोट इलाका प्रहरी कार्यालयका प्रहरीले नियन्त्रणमा लिएको छ ।
सोही घटनालाई लिएर स्थानीयवासीले राजमार्ग अवरुद्ध पारेका छन् । राजमार्गमा साना सवारीसाधनले पटक–पटक पैदलयात्री तथा मोटरसाइकललाई ठक्कर दिने क्रम बढेको उनीहरुले बताएका छन् ।
स्थानीयवासीले मृतकको शवलाई राजमार्गमा राखेर सवारी चालकलाई कारबाही र क्षतिपूर्तिको माग गर्दै राजमार्ग अवरुद्ध पारेको यात्रु रामबहादुर विश्वकर्माले जानकारी दिए ।
अवरुद्ध राजमार्ग सन्चालन गर्न प्रहरी तथा प्रशासनले उचित पहल नगरेको यात्रुहरुले बताएका छन् ।
राजमार्ग अबरुद्ध भएपछि सिन्धुली हुँदै काठमाडौं र पूर्वी पहाडी जिल्ला तथा तराईका जिल्लाका लागि छुटेका सवारीसाधन बीचमा नै रोकिएका छन् । रासस
प्रतिक्रिया दिनुहोस्