झापाको शिवसतासीस्थित कन्काई नदीले बगाउँदा दमक–२ भाङबारीका ४१ वर्षीय विष्णु दुलालको ज्यान गएको इलाका प्रहरी कार्यालय झिलझिलेका प्रहरी निरीक्षक कुन्दन देवले जानकारी दिए । ।
स्व.फुपू विष्णुमाया दंगालको दाहसंस्कारका लागि कन्काई नदीमा मलामी गएका दुलाललाई कन्काई नदीले बिहीबार (आज) अपराह्न खोलाले बगाएको थियो । खोलाले बगाएर करिब पाँच मिटर दक्षिणबाट प्रहरी चौकी माइधारका प्रहरीले उद्धार गरे पनि उपचारका क्रममा दमकस्थित लाइफलाइन अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । रासस










प्रतिक्रिया दिनुहोस्