उनलाई तारेखमा रिहाइ गरिएको छ । गोर्खाल्याण्ड आन्दोलनका क्रममा पश्चिम बंगालको सुकुनामा भएको प्रदर्शनमा सहभागी भएको र प्रहरीमाथि ढुंगामुढा गरेको आरोपमा उनलाई २४ दिन अघि सिलीगुढीको एक अस्पताल परिसरबाट पक्राउ गरिएको थियो ।
आमाको उपचारको शिलशिलामा उनी सिलीगुढी पुगेका थिए । उनी निर्दोष रहेको प्रमाणका आधारमा रिहाइ गरिएको मानवअधिकारकर्मीहरुले बताएका छन् ।
सूर्योदय नगरपालिका–१० इलामका फागोलाई मानवअधिकारीकर्मी, पत्रकार तथा आफन्त र शुभेच्छुकहरुको निरन्तरको पहलमा रिहाइ गरिएको हो ।
रिहा भएपछि नेपाल आएका फागोले नेपालीहरुलाई भारतीय प्रहरीले आतंककारीलाई जस्तो व्यवहार गरेको अनुभव सुनाए । ‘राई-लिम्बु अनुसार र लाहुरेहरु त भारत नगए पनि हुने रहेछ, अनावश्यक रुपमा फसाइदो रहेछ,’ उनले भने ।
प्रहरी हिरासतमा रहँदा अनावश्यक प्रश्न सोधेर प्रहरीले मानसिक यातना दिएको उनको अनुभव छ । रिहाइका लागि नेपाल सरकारले खासै पहल नगरेकोप्रति भने उनले चिन्ता ब्यक्त गरे ।
यता, नेपाली काँग्रेस इलामका नेता डम्बर खड्काले मन्त्री मीन विश्वकर्मालाई फागोको रिहाइका लागि पहल गरिदिन ज्ञापन पत्र समेत बुझाएका थिए ।
त्यस्तै पूर्व प्रधानमन्त्री झलनाथ खनालले पनि रिहाइका लागि भारतसमक्ष पटक पटक आग्रह गरेका थिए ।










प्रतिक्रिया दिनुहोस्