Logo २८ बैशाख २०८३, सोमबार | Mon May 11 2026


वीरगन्जको बाइपास सडक ‘पोखरी’जस्तै, घाम लाग्दा धुलाम्मे(हेर्नुहोस भिडियो)


0
Shares

बाईपास सडकखण्डमा ढाट राखेर कर असुल्ने वीरगन्ज महानगरपालिकाले भन्सार कार्यालयदेखि गण्डकसम्मको सडक मर्मतमा ध्यान नदिँदा बाटोको अवस्था बिग्रँदै गएको छ ।

वीरगंज भन्सार कार्यालय भएर दैनिक एक हजार भन्दा बढी गाडी गुड्ने यस बाईपास सडक खण्डको दर्जनौं स्थानमा ठुल ठुला खाल्डाहरु भएका छन् तर सडक ममर्त गर्ने तर्फ वीरगंज महानगरपालिकाको ध्यान जान सकेको छैन ।

घाम लागेपछी धुलाम्मे र पानी परेपछी हिलाम्मे हुने यस सडकखण्डको दिनचर्या बनेको छ ।

रक्सौलबाट दैनिक पेट्रोल तथा डिजेल बोकेर अमलेशगंज जानलाई यो बाटोमा कुनबेला कहा खाल्डा खुल्डीमा परेर फस्ने तथा पल्टिने जस्तो ज्यानै जोखिममा हालेर गाडी चलाउनु पर्ने बाध्यता रहेको छ ।

महानगरपालिकाले बजेट अभावको कारण देखाई बाटो मम्र्मत गर्न आलटाल गर्दै आएको छ । तत्कालको लागी बाटो मम्र्मत गर्न स्थलगत निरीक्षण गर्दा बाटोको अवस्था एकदम जर्जर भएको छ ।

हाललाई मिक्स गिटीग्रेबल चाहिने हुँदा खोला बन्द भएर नपाएको अवस्था रहेको छ ।

केन्द्रिय दैविक उदार समिति र जिल्ला समन्वय समितिबाट आपतकालिन अवस्था भनेर मिक्स गिटीग्रेबलको व्यवस्था भयो भने आजभोली देखि नै भन्सारदेखी गण्डकसम्मको बाटोमा भएका खाल्डा खुल्डीहरुलाई मर्मत गर्न सकिन्छ ।

देशकै प्रमुख सडकखण्डको रुपमा रहेको यो बाइपास सकड भारतको ब्रिज एण्ड रुफ कम्पनीले २०५४ सालमा सडक विभागको लगानीमा बनाएको हो ।

भारत लगायत तेस्रो मुलुक भएर समेत वीरगंज भन्सार आउने मालबाहक सवारी साधनहरु यहि बाटो हुंदै देशका विभिन्न शहरहरुमा जाने गरेका छन ।

बाटोको दुरावस्थाका कारण नेपाल प्रवेश गर्ने भारतीय तथा विदेशी पर्यटकहरुमा समेत नराम्रो सन्देश जानसक्ने भएकाले सम्बन्धित निकायले समयमै यो बाटोको मम्र्मत सम्भार गर्ने तर्फ ध्यान जान जरुरी छ ।