मृत्यु हुनेमा नारायण नगरपालिका–१० का ५० बर्षिया दीपा चन्द रहेकी छन् । यस्तै विन्दु शाही र मीना शाही गम्भीर घाइते भएका छन् ।
मृतक र घाइते सबै एकै परिवारका हुन् । उनीहरुको जिल्ला अस्पताल दैलेखमा उपचार भइरहेको छ ।
विहीबार राति परेको बर्षाका कारण श्यामसिंह थापा, रेशम थापा र राजु श्रेष्ठ घर भत्किएको हुन् । वर्षाकै कारण सदरमुकाममा रहेका अन्य १२ वटा घरमा पनि क्षति भएको छ ।
ती घरमा रहेका सबै सामान नेपाली सेना र नेपाल प्रहरीको सहयोगमा अन्यत्र सारिएको छ ।
पानीले क्षति पुगेका ती घरमा बस्ने अवस्था नरहेपछि १२ परिवारका ६० जना अहिले जिल्ला हुलाक कार्यालयको नयाँ भवनमा आश्रय लिएर बसिरहेका छन् ।










प्रतिक्रिया दिनुहोस्