दलित, पिछडिएका समुदायका घर परिवारका साथै घर भत्किएर विस्थापित भएकाहरुलाई संघले स्थानीय मनोहरा राष्ट्रिय प्राथमिक बिद्यालयमा पुगेर राहत वितरण गरेको हो ।
चामल, दाल, सिरक, डस्ना, झुल, म्याट, चाउचाउ, चिनीलगायत सामग्री वितरण गरिएको संघका महासचिव संगम शेर्पाले जानकारी दिए ।
उनले बाढीपीडितको अवस्था दयनीय भएको भन्दै तराईका अन्य जिल्लामा समेत राहत पठाइने बताए ।
यहाँका बाढीपीडितले सरकारबाट अहिलेसम्म कुनै पनि राहत पाउन नसकेको गुनासो गरेका छन् ।










प्रतिक्रिया दिनुहोस्