Logo २८ बैशाख २०८३, सोमबार | Mon May 11 2026


पीडितको उद्दारमा श्रोत साधन र कर्मचारीको अभाव, समितिले दियो यस्तो निर्देशन


0
Shares

समितिको आज बसेको बैठकले बाढी र पहिरोको क्षतिको विवरण सार्वजनिक गरी तत्काल पुनस्र्थापना र पुनर्निर्माण कार्यलाई अघि बढाउन गृह मन्त्रालयलाई निर्देशन दिएको हो ।

बैठकमा गृहमन्त्री जनार्दन शर्माले श्रोत साधन र कर्मचारीको अभावका कारण विपतका वेला उद्दार गर्न कठिनाई भइरहेको बताए ।

उनले वस्ती विकास र पुनस्र्थापनाका लागि मापदण्ड तयार नहुँदा समस्या उत्पन्न भएको जानकारी गराए ।

गृह मन्त्री शर्माले नेपाल र भारतको सीमा क्षेत्रमा बनाइएको बाँधका कारण उत्पन्न समस्या कूटनीतिक ढंगबाट समाधान गर्नुपर्ने पन बताए ।

शर्माले यस वर्षको बाढीबाट भएको डुबानले ठुलो चुनौती थपेको भन्दै नयाँ ढंगले समाधान खोज्नुपर्ने बताए ।