१२ भाद्र २०८२, बिहिबार | Thu Aug 28 2025


१२ दिनदेखि अनशनरत डा. केसीको स्वास्थ्य ‘उच्च जोखिम’मा


0
Shares

काठमाडौं, माघ ६ । चिकित्सा शिक्षा सुधारको माग राखेर १२ दिनदेखि आमरण अनसनमा रहेका डा. गोविन्द केसीको स्वास्थ्य अवस्था उच्च जोखिममा परेको छ ।

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जको आईसीयुमा भर्ना गरिएका केसीको स्वास्थ्य संक्रमण उच्च जोखिममा रहेको चिकित्सकहरुले बताएका छन् । उनको शरीरमा सेतो रक्तकणिका संख्या ३ हजारमा झरेको चिकित्सकहरुको भनाइ छ ।

संक्रमणको जोखिम ध्यानमा राखेर केसीलाई स्वास्थ्य टोलीबाहेक कसैसँग भेट्न दिइएको छैन । अस्पतालले केसीलाई एन्टिबायोटिक दिई निमोनियाको उपचार गरिरहेको जनाएको छ ।