Logo २८ बैशाख २०८३, सोमबार | Mon May 11 2026


सामुदायिक वनभित्र करेन्ट लागेर जंगलीहात्ती मर्‍यो


0
Shares

भारतीय दुदुवा नेसनल पार्कबाट आएको हात्ती शिकारीले थापेको विद्युतीय धरापमा पर्दा मृत्यु भएको हो ।

प्रत्येक वर्ष जंगलीहात्ती लालझाडी जंगल हुँदै चुरेसम्म जाने गरेको स्थानीय बताउँछन् ।

हात्तीले त्यस क्षेत्रका स्थानीयले लगाएको अन्नबालीमा नोक्सानी पुर्‍याउने गरेपनि हात्ती नै मरेको पहिलो घटना भएको बताइएको छ ।

शिकारीले प्रयोग गरेको विद्युतीय तार वन कर्मचारीले लिएर गएका छन् । आवश्यक प्रक्रियापछि मरेको हात्तीलाई सोही स्थानमा गाडिने जनाइएको छ ।