
उनका निकट स्रोतहरुले उनी देश छाडेर विदेश पलायन भएको दावी गरेका छन् ।
यसअघि चामल अनुदान कार्यक्रममा करोडौं भ्रष्टाचार गरेको अभियोगसम्बन्धि मुद्दाको सुनुवाईका लागि अदालतमा उपस्थित नभएपछि अदालतले यिङलकलाई पक्रन आदेश दिएको थियो ।
६ वर्षअघि प्रधानमन्त्रीमा निर्वाचित भएलगत्तै सुरु गरेको चामल अनुदान कार्यक्रममा अर्बौं डलर बराबरको आर्थिक अनियमितता गरेको आरोप उनीमाथि लगाइएको छ । सर्वोच्च अदालतले शुक्रबार (आज) सिनावात्राविरुद्धको मुद्दामा फैसला सुनाउने तयारी गरेको थियो ।
तर, यिङलक अस्वस्थ भएको भन्दै उनका वकिलले मुद्दाको पेशी सार्न अनुरोध गरेपछि दुईदिनका लागि सुनुवाई स्थगित गरिएको छ । अस्वस्थ भएको यथेष्ट प्रमाण जुटाउन उनका वकिल असफल भएको भन्दै अदालतले पक्राउ आदेश जारी गरेको हो ।
सन् २०१५ मा सेना सर्मथित संसद्ले महाभियोग लगाएपछि प्रधानमन्त्री सिनावात्राले पद छाड्नुपरेको थियो । आरोप प्रमाणित भएमा उनलाई लामो समय जेल सजाय हुनेछ भने राजनीति गर्न आजीवन प्रतिबन्धसमेत लाग्ने जनाइएको छ ।
यसैसँग जोडिएको मुद्दामा दोषी ठहर भएका उनकै पार्टीका पूर्वमन्त्री बूनसोङ तेरियापिरोमलाई ४२ वर्ष जेल सजाय तोकिएको छ । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्