मृत्यु हुनेमा ढोरचौर गाउँपालिका–४ की ५० वर्षीया लालमति विक रहेको प्रहरीले जनाएको छ ।
घरमै विष सेवन गरेकी विकलाई उपचारका लागि जिल्ला अस्पताल सल्यान ल्याउँदै गर्दा लु १ च ७७४४ नको जिप दुर्घटनामा परेकी हुन् ।
दुर्घटनामा विकका श्रीमान् काशीराम, आफन्त वीरबहादुर विक, गौरव कवर, गाडीधनी काशीराम विक र नाम नखुलेका दुई महिला घाइते भएको ढोरचौर प्रहरी चौकीका प्रमुख बाबुराम भट्टराईले जानकारी दिए ।
घाइते सबैको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । बाटो चिप्लो र हिलो भएको कारण दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ । रासस










प्रतिक्रिया दिनुहोस्