९ जेष्ठ २०८२, शुक्रबार | Sat May 24 2025


भारतीय गुरू बलात्कारी ठहर, समर्थकको हिंसामा मारिनेको संख्या २३ पुग्यो (८ तस्वीर)


0
Shares

हरियाणाको पञ्चकुलास्थित केन्द्रीय जाँच ब्यूरोको विशेष अदालतले ‘डेरा सच्चा सौदा’ अभियानका प्रमुखसमेत रहेका रहिमलाई बलात्कारमा दोषी ठहर गर्दै शुक्रबार (आज)जेल पठाउने निर्णय गरेको हो ।

उनले भोग्नुपर्ने जेल सजायको समय भने अदालतले सोमबार तोक्ने उल्लेख गरेको छ । त्यतिन्जेलसम्म रहिमलाई प्रक्राउ गरी सेनाको पुर्वी कमान्ड मुख्यालयस्थित सैनिक हिरासतमा राख्न अदालतले आदेश दिएको छ । उनलाई राखिने जेलबारे भोलिसम्म निर्णय गरिने बताइएको छ ।

अदालतको फैसलाप्रति उनका ‘डेरा सच्चा सौदा’ अभियानका लाखौँ समर्थकले विरोध गरेका छन् । राज्य सरकारले स्थिति सामान्य राख्न कफ्र्यू आदेश जारी गरेपछि सैनिकले मार्चपास गर्नु परेको छ ।

बीबीसी‘ले अहिलेसम्म हरियाणाको २२४ स्थान र पन्जाबको ६४ स्थानमा प्रहरी र डेरा समर्थकबीच झडप भएको र ती स्थानमा २३ जनाको मृत्यु भएको उल्लेख गरेको छ ।

समर्थकहरुले सुरक्षाकर्मीको गाडी, रेल्वे स्टेसन तथा समाचार संकलन गर्न गएका सन्चारकर्मीको भ्यानमा समेत आगजनी गरेका छन् । स्थिति नियन्त्रणमा लिन कयौं सेल अश्रुग्याँस र ‘हवाई फायर’ गरिएको छ ।

सन् २००२ मा आफूलाई आध्यात्मिक गुरू बताउने रहिमले आफूलाई बलात्कार गरेको भन्दै एक अनुयायी महिलाले तत्कापलन प्रधानमन्त्री अटल बिहारी वाजपेयीलाई गोप्य चिठि लेखेकी थिइन्
चिठिकै आधारमा सार्वोच्च अदालतले छानविनको आदेश दिएको थियो । त्यसलगत्तै सीबीआइले अनुसन्धान अगाडी बढाएको थियो । उनीविरुद्ध हत्या आरोपमा पनि मुद्दा चलिरहेको छ ।

‘डेरा सच्चा सौदा’ अभियानका प्रवक्ता डा.दिलावर इंशाले अदालतले अन्यायपुर्ण फैसला गरेको बताएका छन् । उनले अपील गर्ने बताउँदै सबै समर्थकलाई शान्त रहन आह्वान गरेका छन् । (एजेन्सी)