१२ भाद्र २०८२, बिहिबार | Thu Aug 28 2025


बालबालिकालाई पोषणयुक्त आहार वितरण


0
Shares

काठमाडौं, माघ ५ । ललितपुरको सानेपास्थित राम मन्दिरमा शनिबार बालबालिकाहरुलाई पोषणयुक्त आहार वितरण गरिएको छ ।

सृष्टि महिला समूहले आयोजना गरेको कार्यक्रममा स्वस्थ र निरोगी रहन बालबालिकालाई दिइने आहार सम्बन्धमा उनीहरुका अभिभावकहरुलाई जानकारीसमेत गराइएको थियो ।

न्यून आय भएका बालबालिकाहरुलाई एक वर्षसम्म महिनाको दुईपटक निःशुल्क पोषणयुक्त आहार वितरण गरिने सो संस्थाले जनाएको छ ।